नियम ४२
रकम कट्टा गरिसकेपछि सूचना दिने
कुनै ऋणपत्रमा रकम कट्टा गरिएपछि सो हुनु भन्दा अघिसम्म सो ऋणपत्र जुन व्यक्तिको नाममा कायम रहेको थियो निजलाई सो कट्टा गरिएको निर्णयको सूचना पठाईनेछ । त्यसरी कट्टा गरिएको कुरा र मिति समेत माइन्युट किताबमा जनाईनेछ ।
तर त्यसरी सूचना पठाउन वा माइन्यूट किताबमा जनाउन छुटेको वा लापरवाही भएको कारणले कट्टा गरिएको निर्णय अमान्य हुने छैन ।